साप्ताहिक महिमा (ईश्वरी दाहाल, नेपाली विभाग)

  

 साप्ताहिक महिमा

 

 

                                                          




 ✍️ ईश्वरी दाहाल

                           नेपाली विभाग

सूर्यचन्द्रमङ्गलबुध

वृहस्पतिशुक्र र शनिजस्तै

ग्रह नै हुन् हाम्रा सात बार पनि

पृथ्वीजलतेजवायुआकाशसँगै

चलायमान छौं हामी पनि।

 

आइतबार रविबार

नामले सन्डे पनि

हप्ताको सुरू दिन

जताबाट गने पनि

सूर्यलाई नमस्कार गर्नुस्

साताभरको योजना भर्नुस्।

 

सोमबार चन्द्रबार

नामले मन्डे पनि

हप्ताको दोस्रो दिन

शान्त र शितल जून

चन्द्रमालाई अर्घ चढाउँदै

चन्द्रमा  छुन सधैँ अगाडि बढ्नुस् ।

 

 

मंगलबार भोंमिबार

नामले ट्युस्डे पनि

हप्ताको तेस्रो दिन

लम्बोदर गणेशको प्रिय दिन

दुबो चढाउँदै प्रभुलाई

मङ्गल कर्म गर्नुहोस् ।

 

बुधबार स्थिरबार

नामले वैनस्डे पनि

हप्ताको चौथो दिन

मिहिनेती मौरीले घार सार्ने दिन

मौरी जस्तै परिश्रमी बनी

जीवनलाई महजस्तै स्वादिलो बनाउनुहोस् ।

 

बिहीबार वृहस्पतिबार

नामले थर्सडे पनि

हप्ताको पाँचौ दिन

विद्याकी देवी सरस्वतीको प्रिय दिन

सरस्वती बन्दना गाउँदै

ज्ञानी र विद्वान बन्नुस् ।

 

शुक्रबार शुक्राचार्यबार

हप्ताको छैटौँ दिन

चहकिलो र चम्किलो दिन

जीवनलाई ज्योतिर्मय बनाउन

उज्यालोको खोजी गर्नुस् ।

 

शनिबार शनिश्चरबार

नामले सेटडे पनि

हप्ताको सातौं दिन

साताभरको समीक्षा गर्दै

हिमाल जस्तै सफा बन्नुस्

झरना जस्तै पवित्र बन्नुस ।

Post a Comment

0 Comments