शिक्षामा मनोविज्ञान
ईश्वरी दाहाल
DEPARTMENT OF NEPALI
मनोविज्ञानको व्यावहारिक पक्ष हो शिक्षा मनोविज्ञान । यसको विकास धेरै पहिलेदेखि भएको हो, तापनि यसको आवश्यकताका बारेमा त्यति व्यापकता आइसकेको छैन । विकसित देशहरूका तुलनामा हाम्रो जस्ता देशहरूले यसको आवश्यकता अझ बुझ्न र लागु गर्न सकेका छैनन् । विद्यार्थी तथा शिक्षकले मनोविज्ञानको अध्ययन किन गर्नुपर्दछ ? मनोविज्ञानलाई विद्यालय शिक्षणमा प्रयोग गर्नको लागि शिक्षा मनोविज्ञानको सान्दर्भिकता किन छ ? जस्ता थुप्रैथुप्रै प्रश्नहरू देशका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूमा उठ्ने गरेको पाइन्छ । यी सबै प्रश्नहरूका साथै शिक्षा मनोविज्ञानको आवश्यकता तथा सान्दर्भिकतालाई अझ आवासीय विद्यालयहरुमा खोज गर्नु जरुरी छ ।
शिक्षा मानव जीवनको नभई नहुने अंग हो । शिक्षा जीवनभर
चलिरहने निरन्तर प्रक्रिया हो । शिक्षा गतिशील छ र यो सामाजिक परिवर्तन सँगसँगै
समायोजनका लागि नभई हुँदैन । शिक्षा मनोविज्ञानले शिक्षाको उद्देश्य निर्माणमा, उद्देश्य पूर्तिका क्रियाकलापमा र शैक्षिक
मूल्याङ्कनमा सहयोग गर्दछ । यसले शिक्षक,
विद्यार्थी, पाठ्यक्रम, पाठ्यपुस्तक,
शिक्षण पद्धति, शिक्षण विधि, अनुशासन, विद्यालय प्रशासन, अभिभावकलगायत
शिक्षाका सम्पूणर् अंगहरुका समस्या केलाई सही मार्गनिर्देशन गर्दछ । यसले
शिक्षक-विद्यार्थीका विभिन्न मानवीय व्यवहारहरु- प्रत्यक्षीकरण, प्रेरणा, पुनर्बल, दण्ड,
पुरस्कार, सम्झना, बिर्सना,
तर्क, कल्पना आदिको अध्ययन गर्दछ । शिक्षा
मनोविज्ञानले व्यक्ति व्यक्तिका व्यक्तिगत विभिन्नताहरूपत्ता लगाउँछ र समाधानका
मनोवैज्ञानिक उपायहरूबताउँछ । यसले व्यक्तिको ज्ञान, बुद्धि,
रुचिअनुसार वैज्ञानिक विधिहरुको खोजी गर्न सहयोग गर्दछ । यसले
व्यक्तिको बुद्धि-परीक्षण, प्राप्ति-परीक्षण, रुचिपरीक्षणजस्ता थुप्रै परीक्षणहरूअनुसार जीवनलाई उपयोगी बनाउने बाटो
देखाउँछ । हाम्रो विद्यालयले समय समयमा विज्ञहरुद्धारा प्रशिक्षित गराएर
शिक्षामूलक डकुमेन्ट्री देखाएर मनोरञ्जनात्मक कार्यक्रम गरेर शिक्षक र
विद्यार्थीको मनोविज्ञानलाई समय अनुसार स्तरोन्नति र शुद्धीकरण गर्र्र्दै
आइरहेकोले यो विद्यालय यसका लागि अब्बल विद्यालय हो भन्न सकिन्छ ।
शिक्षा मनोविज्ञानले असल शिक्षक बन्नका लागि निम्न कुरामा
आवश्यक सहयोग गर्दछः
· विद्यार्थीहरुको
विकासात्मक विशेषताहरुको अध्ययन गर्न ,
· विद्यार्थीहरुको व्यक्तिगत
रुचि पत्ता लगाउन ,
· आवश्यक शैक्षिक उद्देश्य,
शिक्षण विधि तथा क्रियाकलापको निधो गर्न ,
· आवश्यक शैक्षिक मापन
प्रक्रिया अँगाली पृष्ठपोषण प्रदान गर्न ,
· आवश्यक पाठ्यक्रम र
पाठ्यसामग्रीको निर्माण गर्न ,
· आवश्यक अनुशासनको विकास
गर्न ,
· विद्यालय तथा कक्षा
प्रशासन सञ्चालन गर्न ,
· नयाँ-नयाँ अनुसन्धानात्मक
कार्यहरुद्धारा नयाँ कुराको विकास र कार्यान्वयन गर्न ।
शिक्षा मनोविज्ञानका उद्देश्यहरू
· शिक्षकलाई शिक्षणसँग सम्बन्धित आधारभूत सीपहरूप्रदान गर्नु ,
· शिक्षकलाई शिक्षण सिकाइ प्रक्रियामा देखा पर्ने समस्या समाधानमा मार्ग
निर्देशन गर्नु ,
· शिक्षकलाई मनोवैज्ञानिक ज्ञान बुझ्न मद्दत गर्नु ,
· शिक्षकको पेशागत विकासमा सूचना प्रदान गर्दै सक्षम बनाउने प्रयास गर्नु ।
यसरी शिक्षा मनोविज्ञानले शिक्षकलाई मद्दत गर्ने
उद्देश्यहरुका आधारमा पनि शिक्षा मनोविज्ञानको आवश्यकता रहेको पाइन्छ ।
शिक्षा मनोविज्ञानको अध्ययनको आवश्यकता
शिक्षा मनोवैज्ञानिकहरुका अनुसार शिक्षक र शिक्षा
मनोविज्ञानका बारेमा व्यक्त गरेका निम्नानुसार धारणाहरुबाट पनि शिक्षा
मनोविज्ञानको आवश्यकता थाहा पाउन सकिन्छ :
· एक असल शिक्षकले विद्यार्थीहरुको प्रकृति थाहा पाउनै पर्दछ ।
· शिक्षकले प्रयोगात्मक मनोविज्ञान जति जान्दछ त्यति नै कसरी सिकाउने भन्ने
जानेको हुन्छ ।
· मनोविज्ञान एक महत्वपूणर् तत्व हो, मनोविज्ञानको
सहयोग विना हामी शैक्षिक समस्याहरूसमाधान गर्न सक्तैनौँ ।
· विद्यार्थी एक पुस्तक हो जसको पन्ना-पन्ना शिक्षकले पढ्नुपर्दछ ।
शिक्षा मनोविज्ञानको अन्तिम लक्ष्य नै शिक्षण प्रक्रियाको
राम्रो निर्देशन गर्नु हो अर्को शब्दमा भन्दा मानवीय व्यवहारहरुको बुझाइ, व्याख्या, विश्लेषण,
नियन्त्रण र सुधार गर्नु नै मनोविज्ञानको कार्य हो । शिक्षा
मनोविज्ञानको लक्ष्य आफूले चाहे अनुसार र समाजद्धारा मान्य हुने गरी मानवीय
व्यवहारहरूपरिवर्तन गर्नु हो । अझ विस्तृत रुपमा भन्नुपर्दा शिक्षण प्रक्रियाको
प्रकृति र अवस्थाको वणर्न गर्नु, व्यक्तिगत
विभिन्नताहरूपत्ता लगाई उपयुक्त शिक्षण गति प्रदान गर्नु, सिकाइका
स्थानान्तरण प्रविधिहरुको विकास गर्नु, बौदिकताका
प्रकृतिहरूथाहा पाउनु, कक्षाकोठाका शिक्षण प्रक्रियाहरूपत्ता
लगाउनु र शिक्षकलाई प्रभावकारी शिक्षणमा सहयोग गर्नु शिक्षा मनोविज्ञानका
कार्यहरूहुन् ।
यस प्रकार मानवीय व्यवहारहरुको परिवर्तनमा उपयुक्त
वैज्ञानिक पद्धतिको खोज गर्ने काम शिक्षा मनोविज्ञानले गर्दछ । यसले मानवीय
व्यवहारहरुको अवलोकन, व्याख्या
र प्रयोग गरी उपयुक्त पृष्ठपोषण प्रदान गर्दछ । यसले मानवीय व्यवहारलाई व्याख्या,
विश्लेषण, तुलना र सामान्यीकरण गर्ने काम
गर्दछ । यसले वैज्ञानिक पद्धति अनुसार सत्य र तथ्यका आधारमा सूचनाहरूप्राप्त
गर्नुका साथै शिक्षकलाई उपयुक्त र प्रभावकारी शिक्षणका लागि मार्गनिर्देशन समेत
गर्दछ ।
शिक्षा मनोविज्ञान एक व्यावहारिक विज्ञान हो । मनोविज्ञान र
वैज्ञानिक तथ्यहरूतथा सिद्धान्तका आधारमा निर्माण गरिएका पक्षहरुलाई यसले
कार्यान्वयन गर्दछ । यसले शैक्षिक समस्याहरुको समाधानका उपायहरूनिकाल्दछ ।
शिक्षा मनोविज्ञानले निम्म प्रश्नहरुको उत्तर दिने काम
गर्दछ-
(क) सिकारुको प्रकृति कस्तो छ ?
(ख) उसको वृद्धि र विकास कसरी हुन्छ ?
(ग) सिकाइका आन्तरिक र बाह्य तत्वहरूके के हुन् ?
(घ) सिकाइका प्रक्रियाहरूकुन रुपबाट सिकारुले प्रयोग गर्न सक्दछ ?
(ङ) औपचारिक शिक्षामा कस्ता उपयुक्त प्रक्रियाहरूलागू गर्न सकिन्छ ?
(च) व्यक्तिले आफ्नो क्षमता आफ्नै भलाइका लागि वा समाजका भलाइका लागि कसरी
पत्ता लगाउन सक्दछ ?
(छ) के मानव व्यवहार तार्किक मात्र छ अथवा संवेगहरुद्धारा नियन्त्रित छ ?
यस प्रकार मनोविज्ञानले निर्देशित गरे अनुसारका
उपायहरुद्धारा शिक्षणका समस्याहरूसमाधान गर्ने काम शिक्षा मनोविज्ञानले गर्दछ ।
यसबाट पनि के भन्न सकिन्छ भने शिक्षा र मनोविज्ञानका बीचको सम्बन्ध अकाट्य छ ।
शिक्षा गतिशील छ र
समाजका हरेक परिवर्तनहरुमा सामाजिक समायोजनका लागि अत्यावश्यक छ । शिक्षा मनोविज्ञानले शिक्षाको उद्देश्य
निर्माणमा,
पाठ्यपुस्तक, शिक्षण पद्धति, शिक्षण विधि, अनुशासन, विद्यालय
प्रशासन र व्यवस्थापनलगायत शिक्षाका सम्पूणर् अंगहरुका समस्या केलाई सही
मार्गनिर्देशन गर्ने काम गर्दछ । शिक्षक विद्यार्थीका विभिन्न मानवीय व्यवहारहरु,
प्रत्यक्षीकरण, प्रेरणा ,पुनर्बल, दण्ड, पुरस्कार, तर्क, कल्पना
आदिको अध्ययन मनोविज्ञानले गर्दछ । व्यक्तिको ज्ञान, बुद्धि,
रुचि, चाख र क्षमता अनुसार वैज्ञानिक र
उपयुक्त शैक्षिक विधिहरुको निर्धारण मनोविज्ञानले गर्दछ । व्यक्तिको वुद्धि
परीक्षण, व्यक्तित्व परीक्षण, प्राप्ति
परीक्षण, रुचि परीक्षणजस्ता थुप्रै परीक्षणहरूगरी मानव
जीवनलाई उपयोगी बनाउने बाटाहरूमनोविज्ञानले निर्धारण गर्दछ र तिनै उपायहरुको
कार्यान्वयन शिक्षाले गर्दछ । यसबाट के सिद्ध हुन्छ भने शिक्षा र मनोविज्ञान एकै
सिक्काका दुई पाटा हुन् । शिक्षा र मनोविज्ञानको सम्बन्ध सामान्य अर्थमा व्याख्या
गर्न सकिँदैन । यसको सम्बन्ध शिक्षक, विद्यार्थी, अभिभावक सबैमा रहेको छ ।
विद्यालयको अभियानलाई बुझेर सबै शिक्षक शिक्षिकाहरुले
शिक्षा मनोविज्ञानलाई सफल बनायौँ भने राष्ट्रको सच्चा जनशक्ति उत्पादन गर्न हामी
सफल रहने छौँ।
0 Comments