साइबर अपराध र विद्यार्थीहरुलाई सचेत गराउन आवश्यक जानकारी (पुनम घिमिरे)

 साइबर अपराध र विद्यार्थीहरुलाई सचेत गराउन आवश्यक जानकारी







पुनम घिमिरे

नेपाली विभाग

आजको आधुनिक युगमा प्रविधिको प्रयोगसँगै मानिसको जीवनशैली एकातिर सहज र सुलभ भएको छ भने अर्कातर्फ यसको दुरुपयोगले समाजमा नयाँ नयाँ किसिमका अपराधजन्य कामहरु पनि भैरहेका छन् । प्रचलित ऐन, कानुन र तोकिएको व्यवस्थाको अनादर गरी सूचना–प्रविधिको दुरुपयोग गरी गरिने अपराधजन्य कामलाई साइबर अपराध भनिन्छ । साइबर अपराध भनेको कम्प्युटर , इन्टरनेट ,मोवाइल फोन र अन्य डिजिटल उपकरणको माध्यमबाट गरिने गैर कानुनी क्रियाकलाप हो । साइबर अपराधमा सरिक हुने मानिसको व्यक्तिगत जानकारीहरु चोर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, सट्टेबाजीमा फसाउने, हुँदै नभएको कुरालाई पनि हो कि झै पारेर समाजमा भ्रम छर्ने र व्यक्तिको बैँक खाताबाट पैसा गायब पार्ने सम्मका अपराधका कार्यहरु गर्दछन् । साइबर अपराधले भ्रम, नकारात्मकता तथा निरासा छरेर मानिसलाई हदैसम्म बरवाद बनाउने गर्दछ । साइवर अपराध अत्याधुनिक सूचना–प्रविधिको अभिशाप  हो भन्न सकिन्छ । 

आजको समयमा प्रविधि र इन्टरनेट विद्यार्थीहरुको सिकाइ जीवनको अभिन्न हिस्सा बनेको छ । यसले विद्यार्थीहरुलाई अध्ययनका लागि अद्यावधिक सूचना, जानकारी तथा तथ्यांकको उपलब्धताको लागि सहजवातावरण सिर्जना गर्नुका साथै मनोरञ्जन र शीघ्र जानकारीको लोकप्रिय माध्यम पनि बनेको छ । इन्टरनेटको दुरुपयोगले गर्दा आजभोली साइबर अपराधको खतरा पनि दिन प्रतिदिन बढ्दै गएको छ । अहिलेको समयमा विद्यार्थीहरुले यस विषयमा जान्न र बुझ्नका साथै सचेत रहन अति आवश्यक छ ।

साइबर अपराधहरु विविध प्रकारहरुबाट भएको पाइन्छ । जस्तो ः 

- साइबर बुलिङ ः इन्टरनेटको माध्यमबाट कसैलाई गालीगलौज गर्नु , अपमानजनक टिप्पणी र तर्साउने कार्य गर्नु

- फिसिङ -नक्कली इमेल , सन्देश वा वेवसाइटको प्रयोग गरी बैँक विवरण वा पासवर्ड चोर्नु

- ह्याकिङ - अरुको अनुमतिबिना कम्प्युटर वा सोसल मिडियाको खाता चलाउनु 

- डाटा चोरी ः व्यक्तिगत वा कुनै पनि संस्थासँग सम्बन्धित गोप्य जानकारी चोर्नु 

- अनलाइन ठगी ः झुटा स्किम वा अफर मार्फत पैसा ठग्नु 


यस्ता किसिमका साइबर अपराधहरुबाट बच्न विद्यार्थीहरु लगायत सबै मानिसहरुले निम्न लिखितका सर्तकताहरु अपनाउनुपर्ने देखिन्छ ः 

- आफ्नो इमेल र सामाजिक सञ्जालको पासवर्ड बलियो र गोप्य राख्ने

- चिनजान नभएका मानिसहरुलाई आफ्नो व्यक्तिगत विवरणहरु नदिने

- सोसल मिडियामा आफूलाई जानकार नभएको सूचना तथा लिङ्कहरु नखोल्ने

- एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्ने

- कुनै पनि किसिमका असहज परिस्थिति आएमा कानुनी सहायता लिने


यस प्रकारका साइबर अपराधहरुबाट बच्न हामी सबै सचेत हुनु पर्ने अति आवश्यक देखिन्छ । विद्यार्थीहरु लगायत हामी सबै मानिसहरुले प्रविधिको सही र सुरक्षित प्रयोग गर्न जान्नुपर्दछ ।यस्ता किसिमका साइबर अपराधहरु रोकथाम गर्न प्राविधिक ज्ञान र सचेतनाको आवश्यकता छ । प्रत्येक व्यक्तिले आफ्नो डिजिटल सुरक्षामा ध्यान दिनुपर्छ । शिक्षा क्षेत्रले पनि विद्यार्थीहरुलाई यस विषयमा जानकारी गराउनुपर्ने आवश्यकता देखिन्छ । हरेक विषयका सकारात्मक र नकारात्क पक्ष भए झै अत्याधुनिक सूचना प्रविधिसँग विषयका पनि थुप्रै नकारात्मक र डरलाग्दो पक्ष रहेको छ । ती मध्ये माथि संक्षेपमा चर्चा गरिएझै साइवर क्राइम पनि एक हो । यसर्थ, विद्यार्थीहरुको उमेरसमूह र चेतनास्तरलाई ध्यानमा राख्दै प्रविधिको प्रयोग गर्दा सकेसम्म समस्या नै आउँन नदिन अपनाउनु पर्ने सजगता र होसियारी तथा कथंम्कदाचित समस्या परिहाल्ने चाल्नु पर्ने कदमका सम्बन्धमा राम्रोसँग प्रशिक्षित गर्न सकियो भने हाम्रो समाजलाई साइबर अपराधहरुबाट सुरक्षित बनाउन मद्दत गर्दछ 



Post a Comment

0 Comments