डर राम्रो हुन्छ (श्याम गोंइजिहार)

  


                                   डर राम्रो हुन्छ

                                                

                                              ✍️    श्याम गोंइजिहार



घरमा श्रीमतीको डर,

कार्यालयमा हाकिमको डर,

जंगलमा बाघको डर,

डर हुनु पर्छ,

डर राम्रो हुन्छ ।।

 

म हुनुको डर,

म नहुनुको डर,

डर हुनु पर्छ,

डर राम्रो हुन्छ ।।

 

फगत बदनाम छ डर,

डर छ भने अपनत्व छ,

डर छ भने भातृत्व छ,

डर छ भने अस्तित्व छ,

डर हुनु पर्छ,

डर राम्रो हुन्छ ।।

 

मरेको मानव चिन्तामुक्त हुन्छ,

मृत मानव  डरमुक्त हुन्छ,

चिन्ता नगर्दा न डराउदा मानव मर्छ,

डर हुनु पर्छ,

डर राम्रो हुन्छ ।।

Post a Comment

0 Comments