शिक्षण उपलब्धि वा सिकाइ उपलब्धि
एकै विचारको व्यक्ति अनुसार बुझाई फरक हुन सक्छ। कालो कलरको कोट या ज्याकेट जसलाई Tuxedo भनिन्छ, युरोपियनहरु धुम्रपान गर्दा लगाउनुपर्छ भन्ने बुझ्थे। त्यसैले युरोपतिर कालो सुटलाई Smoking भनिन्थ्यो। सन् १८५० को क्रिमियन युद्धताका टर्कीको सुर्ती ब्रिटेनमा निकै प्रसिद्ध भयो। सुर्ती सेवनका लागि अलग कोठा र कालोसुट अनिवार्य लगाउन पर्ने बनाइयो जहाँ No smoking लेखिन्थ्यो । यसलाई युरोपियनहरु कालो कपडा पनि निषेध सम्झन्थे।
विषयवस्तु यसैलाई राखौं।
शिक्षकलाई कालोकोट वा ज्याकेट लगाउन पाइने छैन र सुर्ती सेवन गर्न पनि पाइने छैन भन्नुपर्ने जिम्मेवारी छ, शिक्षक मित्रले भन्नुभयो "In the picnic smoking is not allowed.” हामी अनुमान लगाऔँ त एकफेर, त्यो पिकनिकमा विद्यार्थी कालोकोट वा कालो ज्याकेट लगाएर आउलान् या नआउलान् ?
मैले यी कुराहरु राखिरहँदा शिक्षण उपलब्धि या सिकाइ उपलब्धिमा तात्विक भिन्नता छ भन्ने मेरो कुरा राख्न सहज हुन्छ जस्तो लाग्छ। एउटै शिक्षकले एकै वातावरणमा पढाएको विद्यार्थी एक अति दीक्षित बन्छ भने अर्को अपेक्षित मात्र हुन्छ। शिक्षण एकै, वातावरण उस्तै तर विद्यार्थी कुनै उत्कृष्ट र कुनै फेल हुने ।
बुझाइका अनेक स्तर हुन्छन् , बालक होस् या वृद्ध बुझाईका व्यक्तिपिच्छे आफ्ना विशेष शाखा छन् । फ्रान्समा IT पढ्न जाने विद्यार्थी फ्रेन्च कल्चर सिकिरहेको पाउँछौं । कम्प्युटर पढ्नेलाइ संस्कृति सिक्न किन पर्यो होला ? विदेश पढ्न जान IELTS,SAT,GRE,GMAT गर्ने अर्को जमात छ। पढेलेखेका मान्छेलाई फेरि यी तमाम परिक्षा किन ?
यसरी बुझौं कि कक्षा कोठामा बस्न निश्चित ग्रेड पास हुनु पर्याप्त छैन अर्थात् शिक्षक मात्र होइन विद्यार्थीले पनि तयार हुनैपर्छ ।आफ्ना युनिभर्सिटीमा दाखिला हुन IELTS,SAT,GRE,GMATजस्ता अप्ठ्यारा परीक्षा थाप्ने पश्चिमाले नेपालमा भने नो फेल नीति अवलम्बन गर्नुपर्छ भनेर जोड दिइरहेका त छैनन् ?
विद्यार्थी होइन शिक्षक फेल हुन्छ भन्ने नीति कति ठिक र कति बेठिक ?
कम मेहनती शिक्षकको विद्यार्थी कमजोर होला तर लक्ष्मीप्रसादलाई महाकवि बनाउन शिक्षकको मात्र हात छ भन्ने कुरालाई पूर्ण विश्वास गर्नैपर्छ र? के लक्ष्मीप्रसादका सबै विद्यार्थी महाकवि बन्लान् ? त्यसैले विद्यार्थी फेल हुनु शिक्षक नै फेल भएको हो भन्ने कथन पुर्ण सत्य भने होइन।
कारण अनेक छन् ,जसमा सिकाइ उपलब्धि अलग शाखा हुनु पनि एक हो । यसका लागि विद्यार्थी जिम्मेवार बन्नु आवश्यक छ। शिक्षकलाई शिक्षण उपलब्धिसँग मात्र जोडेर हेर्नुपर्छ ,सिकाइ उपलब्धि नितान्त फरक हो।
शिक्षकको शिक्षण उपलब्धि र विद्यार्थीको सिकाइ उपलब्धि दुई भिन्न ध्रुवलाई जोड्ने हो भने,
शिक्षण उपलब्धि(शिक्षकको,ज्ञान,क्षमता)+सिकाइ उपलब्धि(विद्यार्थीको सिक्ने तत्पर्ता) = शिक्षण सिकाइ बन्न सक्छ।
त्यसैले विद्यार्थी असफल हुनुमा शिक्षक एक्लै दोषी छ भन्ने भाइरल बुझाईप्रति धेरै सहमत हुन सकिन्न तर, जवाफदेहिता चाहिँ रहनुपर्छ है।
अर्थात् शिक्षकले भनिरहेको No smoking को अर्थ सुर्ती सेवन नगर्नु भन्ने मात्र नभएर Tuxedo जस्तो कालो कपडाको प्रयोग पनि नगर्नु है भनेको हो भन्ने कुरा बुझ्ने क्षमताको विकास विद्यार्थी स्वयंले गरेकै हुनुपर्छ।
0 Comments