शिक्षा
शिक्षा शब्दले सिकेर, सुनेर वा अन्य कुनै पनि उपायले समाज र प्रकृतिबाट ग्रहण गरिने व्यावहारिक तथा सैद्धान्तिक ज्ञान भन्ने अर्थ दिन्छ । औपचारिक एवम् अनौपचारिक निकायबाट मिल्ने ज्ञानलाई पनि शिक्षाको रुपमा उल्लेख गरेको पाइन्छ । संक्षेपमा उल्लेख गर्दा ज्ञान लिने दिने काम शिक्षा हो । शिक्षालाई विद्या (शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिन ज्ञान पढाइद्वारा आर्जन गरिने बुद्धि) को पर्यायवाची शब्द पनि मानिन्छ । तसर्थ शिक्षा त्यस्तो अपरिहार्य ज्ञान हो जुन मानव जीवनका लागि पाइलापाइलामा अत्यावश्यक पर्दछ । यो बुझेर नै विद्वानहरुले उहिले नै विद्याविहीन मानिस पशुतुल्य हो भनेका होलान्। शिक्षा ज्ञानको त्यस्तो ज्योति हो जसले अशिक्षा, कुरुती, अन्धविश्वास तथा अन्धपरम्परालाई निमिट्यान्न पारेर संसारलाई नै उज्यालो बनाउँछ । दुई अक्षरबाट बनेको शिक्षाशव्द यसो हेर्दा सानो जस्तो लागे पनि यो त्यस्तो आँखीझ्याल हो जसबाट सारा विश्वका अनेक आयामलाई सजिलैसँग देख्न बुझ्न सकिन्छ । शिक्षा समाजलाई सकारात्मक रुपान्तरण गर्ने एउटा शक्तिशाली हतियार पनि हो । विद्याको पर्याय शिक्षालाई न त कसैले चोर्न सक्छ न त कसैले खोस्न नै सक्छ । जसरी सूर्यले नदिएसम्म अरुले प्रकाश पाउँदैन न्त्यसरी सम्बन्धित शिक्षा नदिएसम्म अरुले त्यसलाई ऊबाट हरेर लान सक्दैनन् । अहिले सबैलाई अत्यावश्यक भएको र यो बिनाको मानव जीवनको परिकल्पना पनि गर्न नसकिने सूचना, सञ्चार तथा प्रविधि (आइसिटी) पनि शिक्षाकै परिणाम हो। दक्षिण अफ्रिकाको राष्ट्रपति नेल्शन मण्डेलाले भन्नुभएको छ – शिक्षा एउटा शक्तिशाली हतियार हो जसले विश्व परिवर्तन गर्ने ताकत राख्दछ । त्यस्तै भारतिय साहित्यकार मुन्सी प्रेमचन्द्रले भन्नुहुन्छ –कहिले काहि अज्ञानी भनिएकाबाट पनि शिक्षा मिल्छ । नेपालको अन्तरिम संविधानले पनि शिक्षालाई मैलिक अधिकारमा व्यवस्था गरी देशको कुनाकुनामा शिक्षाको उज्यालो ज्योति पु¥याउन खोजेको छ । वैदिककालमा ऋषिमुनिहरु शिक्षाप्रदायक गुरुका रुपमा रहेका थिए । ऋषिहरुको आश्रममा राखेर उनीहरुको प्रत्यक्ष निगरानीमा शिष्यहरुलाई शिक्षादिने गरिन्थ्यो । पश्चिममा सायद चर्चका पोप र पादरीहरु शिक्षा प्रदान गर्ने अधिकारी थिए । तर अहिलेको परिवेश त्यो भन्दा धेरै कुराहरुमा फरक भैसकेको छ । पहिले निरक्षरताबाट साक्षर बन्ने उपक्रमले शिक्षाको विरासत वहन गर्न सक्थ्यो भने अहिले उच्च शैक्षिक योग्यताले मात्र नपुगेर सकारात्मक नजिताप्रदायक विशिष्टताले मात्र शिक्षाको गरिमा थेग्न सक्ने देखिन्छ । अहिले भूमण्डलीकरणका गर्नुपर्ने समय आएको छ । अहिले शिक्षाको आलोकमा जाज्वल्यमान बनेको व्यक्तिको योग्यता र प्रतिभामात्र पुजिने भएको छ । विश्वव्यापीकरणले गाँज्दै ल्याएको यस विशेष अवस्थामा नेपालको शिक्षा प्रणाली पनि सोही अनुसारको उपयुक्त छ, छैन भन्ने विषयमाचर्चा परिचर्चा गरी सही गोरेटो समाउन ढिला गर्न नहुने भैसकेकोछ । नेपालमा अहिले मास्टर्स डिग्री हासिल गरेका थुप्रै युवायुवतीहरु बेरोजगार छन्। बेरोजगारीका कारण विदेश पलायनभई आफ्नो ज्यानजोखिममा राखेर तल्लो स्तरको कामगर्नुपरेको छ । नेपालको अहिलेको व्यवहारिकताबाट विमुख भएको सैद्धान्तिक शिक्षाले विद्यार्थीहरुलाई उच्च आय प्रदान गर्ने जीवनोपयोगी व्यवहारिक शिक्षाबाट वञ्चित गरेको कारण डरलाग्दो बेरोजगारीको महामारी बढ्दो छ । यो व्यक्तिविशेषको दोष नभई समग्र शिक्षा प्रणालीको दोष हो। जबसम्म शिक्षा जीवनपयोगी र व्यवहारिक हुँदैन तबसम्म बेरोजगारी समस्या समाधान हुन सक्दैन र साँचो अर्थमा त्यसलाई शिक्षा भन्न पनि सकिदैन । व्यक्तिको ज्ञानको दायरा फराकिलो बनाई आफू, परिवार, समाज, देशदूनियाँलाई हेर्ने दृष्टिकोण बृहत् बनाई श्रम (मानसिक एवम्शारीरिक ) प्रति आकर्षित नगर्ने र व्यक्ति विशेषको कार्यक्षमता अभिवृद्धिमा योगदान गर्ने ज्ञान बेकारको बोझबाहेक जीवनोपयोगी शिक्षा बन्न सक्दैन । मानवीय पुँजी विकासमा योगदान नगर्ने ज्ञानले शिक्षाको पगरी गुथ्न खोज्नु हुँदैन । हासिल गरिने शिक्षात्यस्तो हुनुपर्छ जुन हासिल गरिसकेपछि सजिलै व्यवहारमालागू गरीसमाजमा सकारात्मक प्रभाव छाड्दै जीवनलाई सहजतरिकाले चलाउन सकियोस्। वास्तविक शिक्षाले व्यक्ति र उ सम्बद्ध आसपासमा भौतिक प्रगतिको गतिलाई उभो लगाउँदै व्यक्तिभित्र आन्तरिक प्रकाश प्रदीप्त गरी उसलाई ज्ञानी, विवेकी, मिहिनेती, गुणी, परोपकारी र आत्मिकरुपले सुखी तुल्याउँन मद्दत गर्दछ । शिक्षाले आन्तरिक ज्योति जगाएको व्यक्ति मात्र शिक्षाप्रदान गर्न योग्य ठहरिन्छ । यसैले त विद्वानहरु भन्छन्शिक्षाले विनम्रता प्रदान गर्दछ । व्यक्तिमा अहङ्कार, दम्भ, अभिमान तथा स्वार्थीपना बढाउने ज्ञान शिक्षा हुन सक्दैन । यति मात्र होइन द्रव्य होस्वा अन्य भौतिक संपत्ति त्यसको सहीसदुपयोगको लागि पनि शिक्षाबाहेको अर्काे विकल्प छैन । सदाचारी तथा सभ्य समाज शिक्षाबिना सम्भव नै छैन । आजको समयमा नेपालबाट हाम्रादाजुभाई दिदीबहिनीहरु लाखौ खर्च गरेर विदेशिएका हुन्छन्तर उनीहरुले त्यहाँआफ्नो योग्यताअनुसारको कामपाउँदैनन्किनकी नेपालको शैक्षिक उत्पादन प्रयोगात्मक र व्यवहारिक छैन त्यसैले पनि उनीहरुले तल्लो स्तरको कामगर्न वाध्यहुनु परेको छ ।पूर्वीय दर्शन तथा धर्म संस्कृतिको जननी हाम्रो देश नेपाल परापूर्वकालमा शिक्षाको जुन उचाईमा थियो अहिले निकै तल भएको महशुस हुन्छ । पहिले देश÷समाज÷व्यक्तिको विशेषता, संभाव्यता तथा आवश्यकतालाई मध्यनजर गर्दै गुरुको अप्रत्यक्ष निगरानीमा सोही अनुसारको शिक्षा प्रदान गरिन्थ्यो । त्यसैले त्यस्तो शिक्षा व्यवहारोपयोगी हुन्थ्यो । शिक्षामा अनावश्यक नक्कल र मुनाफा मिसिएको थिएन । शिक्षामा हुने खर्चलाई भविष्यमा सुदसहित उठाउनु पर्ने लगानी मानिदैनथ्यो तर अहिले शिक्षा राजनीति र व्यापारीकरणको दोहोरो मारमा च्यापिएको छ । समयसँगै शिक्षा प्रणालीमा सुधार अस्वभाविक होइन तर बिना अध्ययन, अनुसन्धान बारम्बार अनेक प्रयोग गरिनु, हुनेखानेको लागि अन्तराष्ट्रिय श्रमबजारमा पनि सजिलै बिक्ने खालको गुणस्तरीय
कारण विश्व सानो गाउँमा परिणत भएको छ । यो पृथ्वी खुम्चिएको कारणले नभई शिक्षाको दायरा फराकिलो र विश्वभर नै विशिष्टिकृत ज्ञानले महत्व पाएको कारणले भएको हो । विश्वकाकुनै पनि स्थानका व्यक्तिजुनसुकै स्थानमागएर प्रतिस्पर्धा गर्न सक्ने र शिक्षा र हँुदा खानेको लागि बल्लबल्ल उत्तीर्णसम्म हुने तर आत्मविश्वासकासाथ प्रतिष्पर्धामा जान हिम्मत नदिने खालको गुणस्तरहीन शिक्षालाई वेहोर्ने गरी शिक्षालाई कुन रुपमा बुझ्ने र व्याख्या गर्ने होला ? शिक्षाद्वारा दीक्षित मानवीय पुँजीबिना कुरालेमात्र नेपाल समृद्ध नहुने तथ्यलाई हेक्का राख्दै उपलब्ध अथाह प्राकृतिक सम्पदा, परम्परागतएवम् ऐतिहासिक सीपकला, कृषि, पर्यटनलाई मज्जाले साँध लगाउन सक्ने नेपाल बुझेको र बुझाउन सक्ने शिक्षा नेपालको अहिलेको आवश्यकता हो । बस्, व्यक्ति, समाज र देशको लागि वरदान बन्नु पर्ने शिक्षाले अहिले अभिशापको अवगाल खेप्नुपरिरहेको दुःखद्अवस्थाबाट नेपालको शिक्षालाई मुक्त गर्दै ज्ञानाकाशमा कावा खान दिनु नै शिक्षाप्रति न्याय हुने देखिन्छ ।
कृषिकमा धनिहुँदाहुँदै पनि त्यसलाई कसरी अधिकतम प्रयेगमा ल्याउन सकिन्छ भन्ने विषय शिक्षा दिइदैन र एकेडेमिकबनाइँदैन । हिजो आज यस्तो व्यवहारिक शिक्षाप्रदानगर्ने संघसंस्थाहरु धेरै भएतापनित्यो शिक्षामहङ्गो भएका कारण सर्वसाधारणको छोराछोरीको लागिआफ्नो पहुँचभन्दाबाहिरको कुरा हुनपुगेको छ । यहाँफलाम , छाला , काठ , ढुङ्गा , हस्तकला आदिकाथुप्रै सीपहरु छन्जुन एकेडेमिक शिक्षाको अभावमा लोप हुने अवस्थामापुगेका छन् । तीनलाई एकेडेमिक बनाएर विश्वबजारमा बिक्ने मानविय स्रोतको विकास गर्नेतर्फ सम्बन्धितनिकायको ध्यानगएको पाइँदैन । यसतर्फ शिक्षाविद्लगायत सम्बन्धित सरोकारवालाहरुको ध्यानजानअत्यन्त जरुरी छ । अशिक्षित बेरोजगारभन्दाशिक्षित बेरोजगार हरेक दृष्टिले राष्ट्रका लागि ठूलो बोझ हुन सक्छ जसलाई व्यवस्थापन गर्न निकै कठिन पर्दछ ।
पुनम घिमिरे
Department of Integrated
0 Comments