नेपाली भाषाको उत्पत्ति
राधिका कोइराला, नेपाली विभाग
नेपाली भाषा १० औं र १४ औं (दशौँ र चौधौँ ) शताब्दीको आसपासमा खस राज्यको राजधानी सहर कर्णाली प्रदेशको सिन्जा उपत्यका बाट उत्पत्ति भएको पाइन्छ। नेपाली मूख्य रुपमा खस जनजातिहरुले बोलेका थिए। सिन्जाली बोलावट, खस कुरा, पर्वते भाषा गोर्खाली भाषा जस्ता स्वरूप ग्रहण गर्दै नेपाली भाषा बन्न पुगेको देखिन्छ । नेपाली भाषाको विकासक्रमलाई हेर्दा सबैभन्दा प्राचिनतम् नमुनाको रुपमा राजा दामुपालले लेखेको दुल्लु शिला लेखलाई लिइन्छ। नेपाली भाषा भारोपेली भाषा परिवार भित्र पर्दछ ।
नेपाली भाषालाई पनि भाषाका विद्वानहरूले अन्य आधुनिक आर्य भाषा सरह संस्कृत भाषाको एउटा सन्तान मानेका छन् । नेपाली भाषा भारोपीय वा आर्य भाषा परिवारको एउटा सदस्य हो। यो परिवारको आर्य इरानी शाखाबाट संस्कृत, पाली, प्राकृत र अपभ्रंम्स हुदै विकसित भएको हो ।
यसरी विकसित हुदै गएको भाषा हाल राष्ट्र भाषाको रूपमा परिचित छ । राष्ट्रभाषाको रुपमा परिचित हुँदा हुदै पनि हाम्रो देश नेपालमा अन्य भाषाहरूको हाबी भएको पाइन्छ । आफ्नो जीवनयापन गर्ने क्रममा अन्य भाषा सिक्न जरुरी भएता पनि आफ्नो राष्ट्रभाषाको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।
श्रोत:
· नेपाली भाषाको उत्पत्ति र विकास (पहिलो संस्करण)
· विकिपीडिया
0 Comments