बालबालिका भित्रको चेतनशील सम्भावना : भरत सिग्देल, सहायक-प्राचार्य (शैक्षिक)

  


बालबालिका भित्रको चेतनशील सम्भावना

                  


              

 

 

        

 



             ✍ भरत सिग्देल

          सहायक-प्राचार्य (शैक्षिक)

भनिन्छएउटा ढुंगालाई मूर्ति बनाउन कलाकारले आफ्नो सिपमेहनतअमूल्य समयमा गरेको नियमित प्रयासको ठुलो महत्त्व भए जस्तै एउटा विद्यार्थीको भविष्य निर्माणमा उसका बाबाआमानातागोतासमाजविद्यालयशिक्षकहरू लगायत धेरै व्यक्तिहरूको मेहनत र समर्पणको अहम भूमिका हुन्छ । मूर्तिकारको छिनोको चोट नखाँदासम्म ढुङ्गा मात्रै रहने त्यो ढुङ्गानिश्चित समय र प्रक्रियापछि रुपान्तरित हुन्छ एउटा मूर्तिमा र पाउँछ देवत्वआस्था र आलोक । तर यहाँ एउटा विद्यार्थीलाई त्यो ढुङ्गासँग दाँजेर एउटा बालकको अनन्त क्षमतालाई नजर अन्दाज गर्न वा साघुरो घेरा भित्र सीमित गर्न पो खोजियो कि भन्ने भान हुन सख्छ किनकि  एउटा विद्यार्थी निस्क्रिय ढुङ्गा नभएर एक सक्रिय आत्मा होचेतना हो ।

 

यो त एक उपमा होतुलना हो । भन्न खोजिएको के रहेछ भने एउटा ढुङ्गामा आएको रुपानतरण जस्तै एउटा विद्यार्थी पनि असल मान्छेमा रुपान्तरित हुनको लागि जीवनका थुप्रै उतार चढाबहरू अनुभव गर्नुपर्छहन्डरहरू बेहोर्नुपर्छर आमाबुबा तथा अन्य अभिभावकका अर्ति सुन्नु पर्छमान्नुपर्छ ।

 

हो हामी यो सत्यलाई नकार्न सक्दैनौँ तर विर्सिनै नहुने अर्को पाटो भनेको उसको भविष्य निर्माणमा उसको वरपरको वातावरण र व्यक्तिहरूको भन्दा उसको मानसिकता र मनोबैज्ञानिक अवस्थाको ज्यादा महत्त्व हुन्छ भन्ने कुरा हो । बाल्यकाल र विद्यार्थी जीवन भनेको मानव जीवनको सबैभन्दा संवेदनशील र निर्माणात्मक चरण हो । यही समय हो जहाँ व्यक्तिको सोचचरित्रमूल्य र भविष्यको दिशा तय हुन्छ ।  त्यसैले विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि उसका वरपरको वातावरण निर्माणमा शिक्षकअभिभावक र उ स्वम् को अहम् भूमिका रहन्छ । शिक्षकअभिभावकले देखाएको बाटोमा हिंड्ने त ऊ आँफै नै हो । त्यसमा सहजिकरणको एक माध्यम हो औपचारिक शिक्षा ।

 

शिक्षा केवल ज्ञान हस्तान्तरण गर्ने प्रक्रिया मात्र होइनयो त मूल्य मान्यता विकासको आधार होमानवतासहितको व्यक्तित्व विकास गर्ने माध्यम हो । शिक्षाले हाम्रा बालबालिकालाई मानवीय भावना बुझ्नसक्ने बनाओस् भन्ने हो । अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई लेखेको चिठीमा भने झैँ हाम्रा छोराछोरीहरूले विद्यालय शिक्षावाट जीवनका विविधताहरूमानिसहरूका स्वभावपरिश्रमको मूल्य र आत्मविश्वासका साथ साथै निडरतापूर्वक आफ्नो मार्गमा अगाडि बढेर जीवनका व्यवहारिक पक्षहरू सिकुन् भन्ने हो । समग्रमाआम अभिभावकको अपेक्षा त शिक्षा जीवनोपयोगि सिप विकासको आधार बनोस् भन्ने न हो ।

त्यसैले आज औपचारिक शिक्षाबाट अपेक्षा बढी छ र त उठिरहेका छन् शिक्षालाई जीवनोपयोगी बनाउने सन्दर्भ र प्रश्नहरू । शिक्षाको इतिहास र महत्त्वको चर्चा यहाँ जरुरी छैन किनकि  औपचारिक शिक्षाविनाको मानव विकास हाम्रो कल्पनाको विषय रहेन । हामी सबै स्पस्ट छौँ विद्यालय शिक्षा मानव जातिलाई मानवता सहितको मानव बनाउने प्रक्रिया हुनुपर्छ । हाम्रो शिक्षा प्रणालीमा विविध प्रश्न उठ्नु योसँग जोडिएका विविध अपेक्षाहरूको उपज नै त हो ।

 

शिक्षाविद भिगोत्स्किले आफ्नो सामाजिक रचनात्मक सिकाइ सिद्धान्तमा Zone of Proximal Development नामको अवधारणा अघि सारेका छन् । जसमा उनले विद्यार्थी आफैंले गर्न वा सिक्न सक्ने सामर्थ्यलाई आफ्ना अभिभावकगुरुवर्ग र साथीहरू (जसलाई भिगोत्स्किले More Knowledgeable Others भनेका छन्को सहयोगमा थुप्रै चुनौतीपूर्ण तथा असम्भव देखेका कार्यहरू पनि सम्भव हुन सक्छन् भनेका छन् । त्यसैले अभिभावक र शिक्षकको भूमिका उनीहरूको क्षमतालाई कसरी गुणात्मक बनाउन सकिन्छ भन्ने हुनुपर्यो ।

हामी सबैले बुझ्नुपर्ने कुरा के हो भनेबालबालिकालाई दिइने वातावरणहाम्रो व्यवहार र बोलेका शब्दहरूले उनीहरूको मस्तिष्क र व्यक्तित्वमा गहिरो प्रभाव पार्छ । त्यसैले हामी संवेदनशील बन्न आवश्यक छ । हामीले हाम्रा बालबालिकालाई दिने वातावरणप्रत्येक शब्द र व्यवहारलाई उनीहरूबाट अपेक्षा गरेका गुण तथा क्षमतामा अभिभावकको भूमिका कति भन्ने प्रश्नसँग जोड्नु जरुरी छ ।

तर यथार्थमा अपेक्षित उपलब्धिहरू हाशिल गर्न अभिभावकको भूमिका कस्तो रहनुपर्छ भन्नेतर्फ ध्यान कम गएको देखिन्छ । के आफ्ना बालबच्चालाई झोला बोकाएर विद्यालय पठाउँदैमामहिनावारी फिस तिर्दैमाअथवा उनीहरूले जे मागे सो कुरा किनिदिँदैमा अभिभावकहरूको जिम्मेवारी पूरा हुने हो र ? आफ्नो बच्चा चाहे होस्टेल नै किन नराखियोस् तर उनीहरूको चालढालआनीबानीसाथीसङ्गतबोल्ने शैलीलामो विदामा घर जाँदा उनीहरूले देखाएका व्यबहारआदि कुरामा शिक्षक अभिभावक बसेर गरिने कुराले निकै महत्त्व राख्दछ । हामी अभिभावकले यो कुरा मनन् गरौँ कि बालबालिकाका लागि हाम्रो मार्गदर्शन जरुरी छतर दबाब होइनअनुशासन जरुरी छतर डर होइनउत्सुकता जरुरी छतर उदण्डता  होइन ।

साथै विद्यार्थी बाबुनानीहरूले पनि आफ्नो जीम्मेवारी र क्षमताको आत्ममूल्याङ्कन गर्नु जरूरी   छ । हजुरहरुको बालापन र विद्यालय जीवन अत्यन्त मूल्यवान छ । यसलाई कम महत्त्व दिने वा कसैको लहैलहैमा लागेर यो अमूल्य क्षणलाई बर्बाद गर्नु हुदैन ।  आफ्नो जीवन निर्माणको आधार बनाउने यो बेलामा दुर्व्यसनीमा लाग्नेसमयको दुरुपयोग गर्नेखराब सङ्गत र खराब आदतको शिकार बन्ने गर्यो भने जीवन नै अर्थहिन बन्छ । दिमागमा नकारात्मक सोंचलाई ठाँउ दिने जस्ता बानीले हामीलाई कहिल्यै जीवनको सपना सम्म पुर्याउँदैन ।

होएउटा विद्यार्थी अतुल्य सामर्थ्यले भरिएकोआँफै सोच्न सक्ने र परिवर्तन गर्न सक्ने चेतनशील सम्भावना हो । आँफूभित्र रहेको चेतना र असिमित सक्षमता सही  समयमा पहिचान गरी   उचित मार्गमा अघि बढौँ ।आफ्नो भविष्य कसैले बनाएर दिन्छ भन्ने भ्रमवाट बाहिर निस्कौँ । आफ्नो भविष्य त आफैंले खोज्ने होनिर्माण गर्ने हो । त्यसको लागि समयको सही सदुपयोग गरौँसकारात्मक सोच राखौँ र आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढौँ ।

जीवन लक्ष्य प्राप्तिको यात्रा हो । त्यसैलेढुङ्गा झैँ जढ बनेर बस्ने होइनबरू फूल झैँ कोमलसुगन्धितप्रेमिलर मनोहर बन्न कोसिस गरौँ ।

Post a Comment

0 Comments