युवा पलायन र देशको अवस्था
पुनम घिमिरे
आजको समयमा युवा वर्ग विदेश पलायन हुुनु नेपालका लागि एउटा गम्भीर समस्या बनेको छ। देशका धेरै युवाहरू राम्रो रोजगारी र आम्दानीको खोजीमा विदेशतिर जान बाध्य छन्। यसले देशको आर्थिक, सामाजिक र जनशक्ति सन्तुलनमा ठूलो प्रभाव पारेको छ।नेपालमा बेरोजगारी दर उच्च छ। उद्योग, कृषि, र उत्पादनमुखी क्षेत्रमा पर्याप्त अवसर नहुँदा युवाहरू वैदेशिक रोजगारतिर आकर्षित भएका छन्। उनीहरू परिवारको आर्थिक अवस्था सुधार्नका लागि विदेशमा गएर कडा परिश्रम गर्न बाध्य भएका छन्। उनीहरूले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ। तर, यसले दीर्घकालीन रुपमा राम्रो प्रभाव पार्न सकेको छैन ।
देशभित्र सक्षम र सीपयुक्त युवावर्गहरूको अभाव हुँदा विकासका कामहरू प्रभावित भएका छन्। गाउँहरू खाली हुँदै गएका छन्, कृषि उत्पादन घटेको छ, र सामाजिक संरचना कमजोर बन्दै गएको छ। धेरैजसो परिवारमा वृद्ध, महिला र बालबालिकामात्र बाँकी रहने अवस्था छ।युवा पलायन घटाउनका लागि सरकारले देशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ। कृषि, पर्यटन, उद्योग, र प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्छ। युवाहरूलाई सीप विकास तालिम, सस्तो ऋण, र उद्यमशीलता प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्नुुपर्छ । समान र अवसर नेपालमा पछिल्लो वर्षहरुमा युवावर्गहरूको विदेश पलायन अत्याधिक रुपमा बढ्दो क्रममा छ । यसको पछाडि धेरै आर्थिक , सामाजिक र राजनीतिक कारण रहेका छन् । रोजगारीको अभाव , राजनीतिक अस्थिरता र सुशासनको कमी , शैक्षिक प्रणाली र सीप विकासको कमी, विदेशी जीवनशैलीको आकर्षण पारिवारिक र सामाजिक दवाव जस्ता कारणहरूले गर्दा पनि युवावर्ग विदेश पलायन भएका छन् ।
जब युवाहरूलाई आफ्नै देशमा रोजगारीको समान अवसर प्राप्त हुन्छ, तब उनीहरू विदेश जान चाहँदैनन्। त्यसैले, युवा पलायन नियन्त्रण गर्नु देशको समग्र विकासका लागि अत्यावश्यक छ। सक्षम युवाहरू स्वदेशमै रहेर काम गरे भने देशको आर्थिक अवस्था सुधारिनेछ र समृद्ध नेपाल बनाउने सपना पनि पूरा हुन सक्छ। पहिलो समाधानका रुपमा देशभित्रै रोजगारी सिर्जना गर्नुपर्छ । सरकार र निजी क्षेत्रले उद्योग, पर्यटन, कृषि, सूचना, प्रविधि र उर्जा क्षेत्रमा लगानी बढाएर युवाहरुका लागि कामको अवसर उपलब्ध गराउनु पर्छ । उद्यमशीलता तालीम प्रदान गरी उनीहरुलाई स्वावलम्वी बनाउन सकिन्छ । उनीहरूको श्रमको मूल्याङ्कन पनि हुनुपर्छ यसरी उनीहरुको सीप र श्रमको सम्मान र मूल्याङ्कन भएको खण्डमा उनीहरूलाई देशमै बसेर काम गर्न उत्साह मिल्छ ।
0 Comments