जेन जेड र अब गर्नु पर्ने कार्यहरु :
दीपक काफ्ले
परिचय
नेपालले विगत एक सय वर्षमा राजनीतिको अनेकौँ रूप देखिसकेको छ। राणा शासनको निरङ्कुशता, २००७ सालको क्रान्ति, पञ्चायत व्यवस्था, २०४६ को जनआन्दोलन, २०६२÷६३ को दोस्रो आन्दोलन हुँदै अहिलेको संघीयलोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाली जनताले सधैं परिवर्तनमा आशा देखे तर परिणाममा निराशा भोगे। आज नेपालमा अझै पनि बेरोजगारी उच्च छ, सुशासनको अभाव छ, भ्रष्टाचार व्यापक छ, सामाजिक विभेद जीवितै छ, र विकासको गति सुस्त छ। यस्तो अवस्थामा अब आशा गर्ने पुस्ता भनेको जेन जेड -Generation Z हो। जेन जेड भन्नाले प्रायः सन् १९९७ देखि २०१२ सम्म जन्मेका व्यक्तिहरूलाई जनाइन्छ। यो पुस्ता डिजिटल प्रविधिसँगै हुर्किएको, सामाजिक सञ्जालमार्फत विश्वको ज्ञानसँग जोडिएको, साहसी, प्रश्न गर्ने र परिवर्तन चाहने पुस्ता हो।उनीहरू पुरानो पुस्ताको जस्तै मौन, धैर्यवान र केवल आदेश मान्ने होइनन् बरु तर्क गर्ने, नेतृत्व गर्न खोज्ने रपरिणाम माग्ने स्वभाव बोकेका छन्। नेपालमा जेन जेड अहिले नै समाजका विभिन्न क्षेत्रमा सक्रिय भइसकेका छन्। विद्यार्थी आन्दोलन, सामाजिक अभियन्ता, टेक उद्यमी, कलात्मक सिर्जना, अनलाइन पत्रकारिता यी सबैमा जेन जेड अग्रपंक्तिमा छन्। अब कल्पना गरौँ, भोलि यो पुस्ता नेपालको राजनीतिक सत्ता सम्हाल्छ भने के हुन्छ नेपाललाई विकासको बाटोमा लैजान उनीहरूले कुन–कुन क्षेत्रमा के–के प्राथमिक काम गर्नु पर्नेछ यो निबन्धमा हामी विस्तृत रूपमा छलफल गर्नेछौँ—शिक्षा, सुशासन, अर्थतन्त्र, स्वास्थ्य, प्रविधि, वातावरण, सामाजिक न्याय, संस्कृतिको संरक्षण, र अन्तर्राष्ट्रिय सम्बन्धसम्म। अन्त्यमा हामीले बुझ्नेछौँ, जेन जेडको सत्ता केवल पिढीको परिवर्तन मात्र नभई नेपाललाई नयाँ युगमा प्रवेश गराउने अवसर पनिहो।
शिक्षा र मानव संसाधन विकास
नेपालको विकासको मेरुदण्ड भनेको शिक्षा हो। तर आज पनि हाम्रो शिक्षाले बेरोजगारी बढाउने, विदेश पलायन बढाउने र असमानता गहिर्याउने काम गरिरहेको छ। जेन जेडको सत्ता आएपछि शिक्षा क्षेत्रमा आमूल सुधार गर्नु अपरिहार्य हुन्छ।
क. गुणस्तरीय र समान शिक्षा प्रणाली नेपालमा निजी र सरकारी विद्यालय बीचको फरक अत्यन्तै ठूलो छ। निजी विद्यालयमा पढ्ने विद्यार्थीले राम्रो सुविधा, अंग्रेजी माध्यम र आधुनिक शैक्षिक वातावरण पाउँछन् भने सरकारी विद्यालयका अधिकांश विद्यार्थी आधारभूत आवश्यकता समेत पूरा गर्न सक्दैनन्। यसले सामाजिक असमानता झन् गहिरो बनाउँछ। जेन जेडले सत्ता सम्हालेपछि शिक्षा प्रणालीलाई समान बनाउनु पर्नेछ—धनी र गरीब बच्चाले एउटै गुणस्तरको शिक्षापाउने व्यवस्था।
ख. व्यावहारिक र सीपमूलकशिक्षा
हाम्रो शिक्षाले डिग्री दिने तर सीप नदिने प्रवृत्ति बनाएको छ। विद्यार्थीले बी.ए., एम.ए., बी.एस्सी., एम.एस्सी. तगर्छन् तर रोजगारी र उद्यमका लागि आवश्यक व्यावहारिक सीप पाउँदैनन्।
जेन जेडले ल्याउने सुधारः
- विद्यालयदेखि नै कम्प्युटर, कोडिङ, रोबोटिक्स, कृषि प्रविधि, हस्तकला, पर्यटन व्यवसाय जस्ता विषयलाई
अनिवार्य रूपमा सिकाउने।
- सीप परीक्षाबिना डिग्री नदिने व्यवस्था।
- शिक्षा र उद्योगबीच सीधा सम्बन्ध—विद्यार्थीले पढ्दै गर्दा कामगर्ने अवसर।
ग. अनुसन्धान र नवप्रवर्तन
नेपालका विश्वविद्यालयहरू अहिले प्रायः केवल परीक्षालिने र प्रमाणपत्र दिने काममा सीमित छन्। तर जेन जेड प्रविधि मैत्री भएकाले उनीहरूको प्राथमिकता अनुसन्धान र नवप्रवर्तनमा हुनेछ।
विश्वविद्यालयमा स्टार्टअपइन्क्युबेशन सेन्टर स्थापना।
कृषि, ऊर्जा, वातावरण, स्वास्थ्य क्षेत्रमा विद्यार्थी–शोधकर्तालाई प्रत्यक्ष प्रयोग गर्ने अवसर।
विदेशी विश्वविद्यालयसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान वातावरण।
घ. डिजिटल शिक्षा र पहुँच नेपालका टाढा गाउँमा अझै पनि पुस्तक र शिक्षकको कमी छ। तर जेन जेड पुस्ताले प्रविधि प्रयोग गरेर यो समस्या समाधान गर्न सक्छ।
ई–लाइब्रेरी र अनलाइनकक्षा देशभर उपलब्ध।
गाउँ–गाउँमा इन्टरनेटसहित डिजिटल शिक्षण केन्द्र।
आर्टिफिसियल इन्टेलिजेन्स (AI) आधारित शिक्षण उपकरण, जसले हरेक विद्यार्थीको स्तरअनुसार सिकाउने।
ङ. शिक्षकको गुणस्तर र हैसियत शिक्षकलाई केवल रोजगारी होइन, प्रतिष्ठित पेशा बनाउनु पर्नेछ।
नियमिततालिम, अनुसन्धानगर्ने सुविधा।
शिक्षकको कामको पारदर्शी मूल्याङ्कन।
ग्रामीण क्षेत्रमाकामगर्ने शिक्षकलाई विशेष प्रोत्साहन।
च. भाषार संस्कृति जेन जेड पुस्ताले बहुसांस्कृतिकतालाई सम्मान गर्छ। त्यसैले मातृभाषामा शिक्षा दिनेलाई प्राथमिकता दिँदै, नेपाली र अंग्रेजीदुवै भाषामा दक्षता विकास गर्नुपर्नेछ। यसले विद्यार्थीलाई आफ्नो संस्कृतिमा गर्व र वैश्विक प्रतिस्पर्धामा क्षमता दुवै दिन्छ।
छ. उच्चशिक्षामा सुधार विदेशपलायन रोक्नेः नेपालमै गुणस्तरीय कलेज र विश्वविद्यालय।
छात्रवृत्ति प्रणाली सुधारः सीप, अनुसन्धान र नवप्रवर्तन गर्ने विद्यार्थीलाई प्राथमिकता।
अन्तर्राष्ट्रियकरणः विदेशीप्राध्यापक, संयुक्त कार्यक्रम र विद्यार्थी आदानप्रदान।
ज. मानव संसाधनलाई रोक्ने रणनीति नेपालका दक्ष जनशक्ति विदेश पलायन भएर फर्किँदैनन्। जेन जेडले सत्ता सम्हालेपछि
उद्योग र रोजगारी सिर्जना।
विदेश गएकायुवालाई स्वदेश फर्काउनप्रोत्साहन।
Brain Drain बाट Brain Gain मा रूपान्तरण।
शिक्षा सुधारको अपेक्षित परिणाम
यदि जेन जेडले यी सुधारहरू गर्न सक्यो भनेः
१. नेपालका सबै बालबालिकाले समान गुणस्तरीय शिक्षा पाउनेछन्।
२. युवा पुस्ता विदेश जान बाध्य हुने छैनन्।
३. अनुसन्धान र नवप्रवर्तनबाट आत्मनिर्भर अर्थतन्त्र विकास हुन्छ।
४. समाजमा असमानता घट्छ।
५. शिक्षाले राष्ट्रको वास्तविक रूपान्तरणमा योगदान पु¥याउँछ।
यसरी शिक्षा र मानव संसाधन विकास जेन जेडको सत्ताआएको पहिलो प्राथमिकता बन्नु पर्नेछ।
मानवविकास र सुशासन
नेपालको विकासमा सबैभन्दा ठूलो बाधा भनेको सुशासनको अभाव हो। यहाँ सुशासन नभएकै कारण योजनाहरू सफल हुँदैनन्, बजेट दुरुपयोग हुन्छ, नागरिकको विश्वास हराउँछ र भ्रष्टाचारलाई जरा गाड्ने मौका मिल्छ। यदि जेन जेड पुस्ता सत्ता सम्हाल्छ भने, उनीहरूले पहिलो प्राथमिकता सुशासन र पारदर्शिता कायम गर्नुपर्नेछ। सुशासन भन्नाले केवल सरकारको कामगर्ने तरिकामात्र होइन, नागरिकप्रतिको जवाफदेहीपन, पारदर्शिता, कानूनी शासन र समान अवसरलाई जनाउँछ। जहाँ सुशासन हुन्छ, त्यहाँ योजनाहरू समयमै पुरा हुन्छन्, नागरिकको भरोसा बढ्छ र देश द्रुत गतिमा अघि बढ्छ।
२. वर्तमान समस्याहरू
आज नेपालमा सुशासनको अभाव यसरी देखिन्छः
ठेक्का प्रक्रियामा मिलेमतो।
सार्वजनिक सेवामा ढिलासुस्ती।
न्यायपालिकामा राजनीतिक हस्तक्षेप।
कर्मचारीतन्त्रमा राजनीतिक नियुक्ति।
बजेट दुरुपयोग र भ्रष्टाचार। यी समस्या समाधानन गरी कुनै पनि सुधार सम्भव छैन। भ्–न्यखभचलबलअभ जेन जेड पुस्ता प्रविधिमा दक्ष भएकाले उनीहरूले डिजिटल शासनलाई प्राथमिकता दिन सक्छन्।
जन्म, मृत्यु, निबन्धनदेखि पासपोर्ट, नागरिकता, व्यवसाय दर्ता सबै सेवा अनलाइनमार्फत उपलब्ध।
ई–टेंडर प्रणालीः ठेक्काप्रक्रिया पूर्ण रूपमा डिजिटल र पारदर्शी।
सरकारी बजेट खर्च र नतिजाअनलाइन ड्यासबोर्डमा सार्वजनिक।
यसरी डिजिटलाइजेशनले भ्रष्टाचार घटाउँछ र नागरिकलाई सहजता दिन्छ।
ख) कानूनीशासन र स्वतन्त्रन्यायपालिका सुशासनकालागि कानूनीशासन अत्यावश्यक हुन्छ।
कुनै पनिनागरिक वा नेताकानूनभन्दामाथि छैनन्भ न्ने संस्कृति स्थापित।
न्यायपालिकालाई पूर्ण स्वतन्त्रता।
छिटो न्याय प्रणाली—वर्षौँसम्म मुद्दा अल्झाउने परम्परा अन्त्य।
ग) जवाफदेही संस्कृति
नेतावाकर्मचारीले गल्ती गरेमा जवाफदेही बन्नुपर्नेछ।
वार्षिक कार्य मूल्याङ्कन प्रणाली।
जनप्रतिनिधिलाईनागरिकले प्रत्यक्ष रूपमा सोध्नपाउने व्यवस्था।
जिम्मेवारी नपुरा गर्ने पदाधिकारीलाई तुरुन्त पदबाट हटाउने नियम।
घ) नागरिक सहभागिता सुशासन तब मात्र सम्भव हुन्छ जब नागरिकलाई निर्णय प्रक्रियामा समावेश गरिन्छ।
ई–पिटीशन प्रणालीः नागरिकले सरकारलाई प्रत्यक्ष सुझाव र माग पठाउने।
ई–भोटिङ प्रणालीः विदेशमा रहेका नेपालीले समेत निर्वाचनमा सहभागिता।
स्थानीय स्तरमाजन परामर्श सभा अनिवार्य।
ङ) भ्रष्टाचार नियन्त्रण
स्वतन्त्र भ्रष्टाचार अनुसन्धान आयोग, जसमा राजनीतिक हस्तक्षेप नहोस्।
सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यता।
व्हिसलब्लोअर (सूचनादिने) लाई कानूनी सुरक्षा। यदि जेन जेडले यी सुधारहरू गर्न सक्यो भने, नेपालमा निम्न परिवर्तन सम्भव हुन्छः
१. नागरिकको विश्वास पुनःस्थापित हुन्छ।
२. बजेट सही रूपमाखर्च भई विकास गति बढ्छ।
३. भ्रष्टाचार घटेर संसाधन सही ठाउँमा प्रयोग हुन्छ।
४. अन्तर्राष्ट्रिय लगानीकर्ताले विश्वास गर्ने वातावरण बन्छ।
५. राजनीतिक स्थिरता र दीर्घकालीन नीति सम्भव हुन्छ।
६. एस्टोनियाः सानो देश भएपनि डिजिटल शासनले
संसारकै उत्कृष्ट सुशासन देखाएको छ।
७. सिंगापुरः भ्रष्टाचार नियन्त्रण र जवाफदेही नेतृत्वका कारण आज एशियाको समृद्ध देश बनेकोछ। नेपालले पनि यस्ता अभ्यासबाट सिक्न सक्छ। सुशासनबिना कुनै पनि विकास सम्भव छैन। जेन जेड पुस्ताले सत्ता सम्हालेपछि उनीहरूको डिजिटल प्रविधि सीप, पारदर्शी सोच र जिम्मेवार संस्कृतिले नेपाललाई सुशासनतर्फ डोर्याउन सक्छ।सुशासन कायम भएपछि शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, वातावरण जस्ता सबै क्षेत्रमा वास्तविक सुधार सम्भवहुनेछ। त्यसैले जेन जेडको शासनको आधारशिला नैसुशासन हुनुपर्छ ।
0 Comments