मायाको जीवन (मञ्जुरा खड्का)

  मायाको जीवन



मञ्जुरा खड्का


मायाको परिवार गाउँमा बस्थ्यो । ऊ मध्यम परिवारमा जन्मिएर हुर्किएकी हो । उसका परिवारमा बुबा, आमा , हजुरबा, हजुरआमा र ६ जना भाइबहिनी थिए । माया पहिलो सन्तानको रूपमा यस धर्तीमा आएकी थिई । उसका ४ जना दिदीबहिनी थिए । दुई जना भाइ । गाउँमा छोरी मान्छेले पढ्नु हुँदैन भन्ने चलन त्यतिबेला पनि थियो तर पनि उसका बुवा शिक्षक भएकाले उसले त्यो बेहोर्नु परेन । अर्थात् मायाले पनि विद्यालय जान पाई । कति धेरै गाउँमा त विद्यालय जान धेरै हिँड्नु पथ्र्यो । मायाको विद्यालय भने त्यति टाढा थिएन । ऊ नियमित विद्यालय जान्थी । वर्ष वित्दै गए । ऊ पनि आठ कक्षामा पुगी । उनीहरू चार जना दिदीबहिनी थिए । घरपरिवारमा छोरीहरू धेरै भएको महसुस हुन्थ्यो ।. उसका बुबा शिक्षित भए पनि कताकता अन्धविश्वासको पछि लाग्थे । छोरीको रजस्वला नभइ कन्यादान ग¥यो भने धेरै पुण्य कमाइन्छ भन्ने कुराको पछि लागेर मायाको बिहे गरिदिने कुरा गर्न थाले । त्यसै क्रममा एक जना केटा केटी माग्न भनी मायाका घरमा पुग्यो । केटो जागिरे थियो । त्यतिको केटाले पाल्छ हाम्रो छोरीलाई भनेर बिहे गर्ने निर्णयमा पुगे । उता माया भर्खंर ८ कक्षामा पढ्दै थिई । उसले म बिहे गर्दिन भन्दा पनि उसको कुरा नसुनी विहे भएपछि पनि पढ्ने सर्तमा बिहे हुने भयो । बिहेपछि माया उसको श्रीमान्सँग सहर जान्छे ।सहरमा नै उसले विद्यालयमा गई ९ कक्षामा भर्ना भएर पढ्न थाल्छे । पढेर क्ीऋ पूरा गर्छे । त्यसपछि मायाले छोरीलाई जन्म दिन्छे । जे जस्तो भएपनि उनीहरूको जीवन राम्रै चलिरहेको थियो । उनीहरुको जीवनमा खै कसको आँखा लाग्यो मानौँ भगवानकै लाग्यो होला । उसका श्रीमान् बिहान अफिस गएका बेलुका फर्किएनन् । माया र उसकी सानी छोरी कोठामा थिए । बिहान माया र उसकी सानी छोरीले खाना खुवाएर वाइ गर्दै अफिस पठाएका थिए । एक्कासि अफिसबाट फोन आउँछ ,तपाईंको श्रीमान बिरामी हुनुहुन्छ भनेर । माया झसङ्ग भई । अफिसबाट फर्किएपछि घुम्न जानुपर्छ र नानीलाई नाना किन्नुपर्छ भनेर गएका त्यस अवोध छोरीका बाबा कहिल्यै फर्किएनन् । त्यस समयमा मायाको गर्भमा अर्को बच्चा पनि हुर्किरहेको थियो । उसका श्रीमान्कों मृत्यु भयो भन्ने खबरले

माया विक्षिप्त भई । नहोस् पनि किन उसलाई त आकाशले थिचे जस्तो भयो । काखमा छोरी गर्भमा अर्को बच्चा । अब के गर्ने उसले सोच्न पनि सकिन । केही समयपछि उसको दोस्रो सन्तानको रूपमा पुनः छोरीलाई जन्म दिई । हाम्रो देश पितृसतात्मक भएकाले छोरा जन्मिएको भए हुन्थ्यो भन्ने कुरा गर्न थाले । हो ! छोरो भएको भए उसको पिताको ठाउँमा हन्थ्यो होला भन्ने उसलाई पनि लाग्यो तर भगवान्को खटन कसैको केही लाग्दैन भन्दै चित्त बुझाउन थाली । जसोतसो मायाले आफ्ना दुई  सन्तानलाई सानोतिनो नोकरी गरेर हुर्काइ , बढाइ र पढाइ । आफ्ना दुई छोरीहरूले एकदमै ज्ञानी भएर पढे र आफ्नो लक्ष्यमा पुगे । उनीहरू जागिरे पनि भए । अहिले त मायालाई राम्रो छ । यसरी उसका श्रीमान्ले दिएर गएका फूलका कोपिला आज फक्रक्क फुलेको देख्दा मायालाई पनि आनन्द लाग्छ ।


Post a Comment

0 Comments