“इमानदारीता” (प्रकाशबहादुर चन्द )

 

इमानदारिता










 शिक्षक प्रकाशबहादुर चन्द 


इमानदारिता एक निकै सुन्दर शब्द हो। जुन संसारभरि फैलिएर रहेको छ। तर आजको परिवेशमा थोरैले मात्र यसलाई अङ्गालेका छन्। इमानदारीता सफलताको कडी हो। इमानदार नभइकन कुनै पनि कार्य समयमा पूरा  गर्न सकिदैन। कुनै समयमा यस शब्दको जीवनमा ज्यादै महत्व थियो। मानिसहरु सत्य बोल्ने मात्रै गर्दथे।तर आज इमानदारीता हराउँदै गैराखेको छ। इमानदारीता एक यस्तो गहना हो जसले  अपनाउँछ उसले  कहिल्यै पनि दुख,कष्ट पाउदैन। इमानदारी, सत्यता,सहयोग को भावना जुन व्यक्तिमा हुन्छ त्यस्ता व्यक्तिको जीवन सुखमय बन्छ। इमानदार व्यक्तिलाई भगवानले पनि  साथ दिने गर्दछन्।   

इमानदारीता देखावटी हुनुहुदैन,अन्तर आत्मादेखि नै इमानदार बन्नु पर्दछ, जसले  जीवनमा सफलता ल्याउछ। भनिन्छ एकदिनको चोर सयदिन बोलाइन्छ, किनभने एकपल्ट इमानदारीता गुमाएपछि त्यस्ता व्यक्तिमा विश्वास गर्न गाह्रो हुन्छ। 

 त्यसैले सधैं इमानदार बन्ने कोशिस गर्नु पर्दछ। कक्षामा केही विद्यार्थीहरू आफैंलाई धोका दिइरहेका हुन्छन्, शिक्षकको अगाडि इमानदार बनेजस्तो गर्ने पछि गएर समयमा काम नगर्ने, गृहकार्य नगर्ने ,अर्काको कापीमा आफ्नो नाम लेखेर यो कापी मेरो हो भनेर देखाउने आदि। त्यसैले हरेकक्षेत्रमा जे जस्तो कठिनाइ आए पनि इमानदारीता पूर्वक काम गरौं, गलत बाटो नरोजौ  र सभ्य समाजको निर्माण गरौ ।गलत व्यक्तिहरू अर्काको नजरबाट तल झर्छन् नै भने आफ्नै नजरबाट पनि तल झर्छन्। भनिन्छ मानिस चार किसिमका हुन्छन् एकथरी मानिस काम पनि गर्छन् ,कुरा पनि गर्छन्। दोस्रो  थरी काम गर्छन्, कुरा गर्दैनन् । तेस्रो थरी काम गर्दैनन , कुरा मात्र गर्छन् । चौथो थरी काम पनि गर्दैनन् ,कुरा पनि गर्दैनन् । यसकारण हामीले जीवनमा काम पनि गर्नुपर्दछ ,कुरा पनि गर्नु पर्दछ। किनभने बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।जीवनमा इमानदार भएर देश, समाज, परिवार र आफ्नो पनि भलो हुने काम गर्नुपर्दछ। जसले  विश्वमा शान्ति स्थापना गर्नमा ठुलो भूमिका खेल्दछ। इमानदार व्यक्तिहरु परिवार,समाज, देश र विश्वमा पुजनीय हुन्छन्। उनीहरुको राम्रा कामहरुको सुवास कोसौं  दुरसम्म फैलिएको हु्न्छ। त्यसैले जीवनमा इमानदार भएर काम गर्नु हाम्रो प्रमुख  लक्ष्य हुनुपर्दछ।    

 

धन्यवाद।    



शिक्षक प्रकाशबहादुर चन्द 

 

Post a Comment

0 Comments