हाइकु
ईश्वरी दाहाल
नेपाली विभाग
लालीगुराँस
वसन्ती उपहार
राष्ट्रिय फूल ।
खाडीमा युवा
पसिनाको आर्जन
नेताको राज ।
वैँसकी चेली
विदेशमा खसम
जल्दछ मन ।
औँसीको रात
परिवारको साथ
मनमा जून ।
रामको नाम
हनुमानको गान
जय श्री राम ।
शिक्षाको ज्योति
प्रहरी विद्यालय
जिपिए चार ।
0 Comments