शिक्षण सिकाइ मा विद्यार्थी सहभागिताका चार तरिका (राजेन्द्र प्रसाद लुइटेल )

शिक्षण सिकाइ मानव सभ्यताको विकास भएसंगै  सुरु भएको विधा हो | प्राचीन समयमा शिक्षण सिकाइ गुरुकुलमा हुने गर्दथ्यो | सिकाइ प्रति स्वस्फुर्त भई  शिष्य  गुरुकै घर या आश्रममा गई गुरुकै दैनिकीमा सामेल भएर व्यावहारिक  तथा सैद्दान्तिक ज्ञान प्राप्त गर्दथे | तत्कालीन समयमा शिक्षा अनिवार्य र अपरिहार्य भने थिएन

समयको परिवर्तन संगै शिक्षा अनिवार्य र अपरिहार्य भएको छ | अबको समयमा शिक्षा आर्जन  स्वच्छामा मात्र सिमित छैन | समयको करणले इच्छा नभए पनि शिक्षा लिनु अपरिहार्य भएको छ | यस परिपेक्ष्यमा सबैका लागि अपरिहार्य र अनिवार्य शिक्षाका लागि शिक्षण सिकाइमा प्रभावकारिता ल्याउन अति नै जरुरी भएको छ | एकातर्फ शिक्षा अपरिहार्य तथा अनिवार्य र अर्कातर्फ शिक्षामा ब्यवसायीकरण भएपछि शिक्षण सिकाइ प्रक्रियालाई अझ बढी  प्रभावकारी बनाउन टड्कारो भएको छ

शिक्षण सिकाइ तबमात्र पूर्ण सफल हुन्छ जब सिकाइ गर्ने व्यक्ति यस कार्यमा पूर्ण रूपमा सहभागी हुन्छ | स्वस्फुर्त शिष्य भएका स्थानमा शिक्षण सिकाइका सामान्य र परम्परागत तरिका पनि उत्तम हुन सक्छन् | तर, आजको समयमा परम्परागत तरिकाबाट मात्र शिक्षण सिकाइ सम्भव छैन | शिक्षण सिकाइलाई प्रभावकारी र चिरस्थायी बनाउनका लागि यस कार्यमा विद्यार्थी सहभागिता अनिवार्य सर्त भएको छ |

सिकाइ कार्यमा विद्यार्थी सहभागिता बढाउने धेरै ब्यवहारिक उपायहरूलाई व्यवहार परक  ढङ्गबाट प्रयोग गर्न सकिन्छ | टी  धेरै विधिहरूमध्ये चारवटा यहाँ प्रस्तुत गरिन्छ

१ समूह निर्माण तथा कार्य विभाजन विधि    

शिक्षण सिकाइमा यो विधि सजिलो र धेरै प्रयोग गरिएको छ | यस विधिमा कक्षाकोठामा बिद्यार्थीहरूलाई विभिन्न समुहमा बिभाजन गरिन्छ | सिकाइगर्नु पर्ने पाठसंग सम्बन्धित विषयबस्तुलाई सामान्यीकरण गरेर विभिन्न उपशीर्षक बनाएर उक्त समुहहरूलाई एक एक वटा उपशीर्षकमा सामुहिक छलफल गर्न लगाउनु पर्दछ | यसरी विध्यार्थी समुहमा रहेर छलफल गरेर, पुस्तक पढेर, एकअर्कालाई सोधेर, शिक्षकलाई सोधेर सहभागितामूलक  ढंगबाट विषयबस्तुको सिकाइ गर्दछन्

  1. प्रस्तुतीकरण विधि  

यो विधि अन्तर्गत बिद्यार्थीहरू स्वअध्ययन गरेर, समूह कार्य गरेर, छलफल गरेर, सामुहिक रुपमा या व्यक्तिगत रुपमा उनीहरूले तयार परेका बिषय बस्तु संग सम्बन्धित् जानकारी, तस्बिर, तालिका, चार्ट, फोटो आदि अभिनय, नाटक, बाचन, गायन आदि शैलीको माध्यम बाट कक्षाकोठामा अन्य सहपाठीहरूका अगाडी प्रस्तुतीकरण गर्दछन् |

  1. प्रश्न निर्माण विधि    

यस विधिमा सिक्षकले अध्यापन गर्नुपर्ने पाठ बिद्यार्थीहरूलाई नै पढ्न लगाईन्छ | बिद्यार्थीहरूले पाठ पढने क्रममा जे कुराको जानकारी प्राप्त गर्दछन् त्यसैका आधारमा लिखित रुपमा प्रश्न निर्माण गर्नु पर्दछ | यस विधिमा शिक्षकले सबै भन्दा धेरै प्रश्न बनाउने बिद्यार्थीलाई पुरस्कृत गरेर बिद्यार्थीको हौसला बढाउन सक्नुहुने छ |

  1. गोलमेच छलफल विधि  

यस विधिमा कक्षाका बिद्यार्थीहरूलाई ठुलो गोलाकार टेबल वरिपरि बस्न लगाई सिकाइ गर्नुपर्ने विषयबस्तुसंग सम्बन्धित् रहेर आफूलाई मनमा लागेका कुराहरू  पालैपालो गरेर बोल्ने मौका दिनु पर्दछ | यस क्रममा शिक्षकको उपस्थिति अनिवार्य हुन्छ र समय समयमा बिद्यार्थीहरूलाई विषयबस्तुको सिमितताको बारेमा सजग गराइरहनु पर्दछ | साथै, छलफलको अन्त्यमा शिक्षकले साराम्स बनाई दिनु पर्दछ

यसरी, शिक्षण सिकाइका क्रममा विभिन्न विधिमार्फत विद्यार्थीहरूलाई सहभागी गराउदै निर्दिष्ट  सिकाइ उपलब्धिहरू हासिल गराउन सकिन्छ र सबैमा सम्मान, सहयोग, आत्मीयता साथै आत्मविश्वास पनि जगाउन सकिन्छ |  

धन्यवाद

राजेन्द्र प्रसाद लुइटेल 

संयोजक तथा विभागीय प्रमुख 

नेपाल पुलिस स्कुल 

साँगा, काभ्रे |


Post a Comment

0 Comments